काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको हिम पर्वत हाईड्रोपावर लिमिटेडलेले रेटिङ प्रदायक कम्पनी इक्रा नेपालबाट रेटिङ प्राप्त गरेको छ । इक्राले कम्पनीलाई [ICRANP-IR] BB- निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले स्पष्ट पारेको छ ।
हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न जेठ २७ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मुख्य कार्यालयमा विशेष साधारण सभा डाकेको थियो । उक्त सभाबाटआम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, पूँजी संरचनामा परिवर्तन एंव अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको थियो ।