काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो ।
यसअघि गत असार ७ गते र साउन ४ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४५.४७ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४८ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.७३ रुपैयाँ र बिक्रीदर ४३८.६९ रुपैयाँ कायम भएको छ ।