आईतवार, असार २२,२०८२ 07:06:46
  • आईतवार, असार २२,२०८२ 07:06:46
Global IME Bank Limited

इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?

Hyundai Nepal
इचिमोकु क्लाउडमा नेप्से बुलिस, बजार अझै बढ्ने नै हो त ?
Nabil Bank Limited

काठमाण्डौ । जापानिज इन्डिकेटर ‘इचमिोकु’ क्लाउडअन्तर्गत नेपालको सेयर बजारमा साताको पहिलो कारोबारमा आज प्रष्ट  बुलसि क्रसओभर देखिएको छ ।

इचिमोकु क्लाउड इन्डकिेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डकिेटर त्यहाँस्थित एउटा टोकियो न्यूज पेपरमा प्रकाशित भएको थियो । योसँगै यो इन्डकिेटर संसारभर प्रयोगमा आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । इचिमोकु क्लाउडअन्तर्गत आज नेपालको सेयर बजार बुलिस क्रसओभर देखाएको हो । अघिल्लो महिना नै बेसलाइले  कन्भर्जन लाइनले तलबाट काटेर बुलिस बनेको छ । त्यसैगरि, क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ । २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि अप ट्रेन्डमा देखिन्छ ।  

मूल्य रेखाहरु पनि क्लाउड पोजिसन भन्दा माथि–माथि चलेका छन् । इचिमोकूमार्फत बजारलाई नियाल्दा नेप्से करिब ३ वर्ष अघिकै जसरी बुलिस यात्रामा देखिन्छ ।  

बजारलाई पिभट् मार्फत नियाल्दा आज २४८५ विन्दुमा बन्द भएको बजार अबको पहिलो प्रतिरोध २५१७ , दोस्रो प्रतिरोध २५७५ र २६३३ विन्दुमा देखिन्छ । त्यसैगरि, यदि आगामी कारोबारमा करेक्सन आएको खण्डमा क्रमशः २४७० ,२४१३ र २३६६ विन्दुमा सपोर्ट लिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने  होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.