आईतवार, फाल्गुन ११,२०८१ 10:57:04
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:57:04
IME remit
Global IME Bank Limited

शिक्षा क्षेत्रमा नेपाल लाइफको प्रवेश, दुई संस्थामा करिब १३४ करोड लगानी

Hyundai Nepal
शिक्षा क्षेत्रमा नेपाल लाइफको प्रवेश, दुई संस्थामा करिब १३४ करोड लगानी
Nabil Bank Limited

काठमाण्डौ । लगानी विविधिकरणको रणनीतिलाई मूर्तता प्रदान गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कूलमा लगानी गर्ने निर्णय गरेको छ।  

साउन ०६ गते आइतबार काठमाण्डौस्थित होटल रोयल सिङ्गीमा आयोजित एक समारोहका बीच नेपाल लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले लगानी सम्बन्धी सम्झौता हस्ताक्षर गरे । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

नेपाल लाइफले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा  रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा रु ६० करोड लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व किनेको हो ।  

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्दलाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधिनमा रही लगानी विविधिकरणमा ध्यान दिइरहेको र लगानी विविधिकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताए ।  

शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको र यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्रप्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको बताए ।

नेपाल लाइफका सञ्चालक समितिका सदस्य एवम् लगानी समितिका संयोजक कमलेशकुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरु जस्तैः– जीवन बीमा कोष, लगानी, दाबीभुक्तानी, बीमितको संख्या र बजार हिस्साहरुका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सवैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको दाबी गर्दै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरुमा लगानी गर्ने अभिप्रायका साथ यो लगानी गरिएको प्रष्ट्याए ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जीवन बीमा बजारमा एकचौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधिकरणलाई केन्द्रविन्दुमा राखेको र यसैको सुरुवात स्वरुप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधिकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको बताए ।  

प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको बताए । यो सम्झौता कोसेढुङ्गा सावित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको उनको दाबी थियो ।  

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्यातिप्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्नेप्रति धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले जीवनबीमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि नै रहेको उल्लेख गर्दै आगामी दिनमा यसका लागि एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रुपान्तरणका लागि काम गर्ने बताए । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.