काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पूनजार्गरण(नविकरण)गर्दा ब्याज छुट दिने घोषणा गरेको छ ।
कम्पनीले यहि माघ २१ गतेसम्म व्यतित भएका बीमालेखहरु माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत,३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट प्रदान गरिने गरिनेछ ।
यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले जनाएको छ । यस्तो छ्ट बीमा एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।