काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५६ रुपैयाँ र बिक्रीदर १३४.१६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.७३ रुपैयाँ र बिक्रीदर १७३.५१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.९६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५२ रुपैयाँ र बिक्रीदर ८.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६६ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६२ रुपैयाँ र बिक्रीदर ९.६७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३६.९३ रुपैयाँ र बिक्रीदर ४३८.९० रुपैयाँ कायम भएको छ ।