काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६१ रुपैयाँ र बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो ।
यसअघि गत साउन ६ गते एक अमेरिकी डलरको बिक्रीदर १३४.१७ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४५.१९ रुपैयाँ र बिक्रीदर १४५.८४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.४८ रुपैयाँ र बिक्रीदर १७३.२५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.५१ रुपैयाँ र बिक्रीदर ८८.९१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५६ रुपैयाँ र बिक्रीदर ८.६० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६० रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.०३ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ कायम भएको छ ।