बिहीबार, चैत्र २८,२०८१ 09:31:49
IME remit
  • बिहीबार, चैत्र २८,२०८१ 09:31:49
IME remit
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरुलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

Hyundai Nepal
नेक्सजेन म्यानेजमेन्टले कम्पनीहरुलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने
Nabil Bank Limited

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा रहेकाले प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा ल्याएको जनाएको छ ।  

नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र २०५३ वटा लिमिटेड कम्पनीहरू दर्ता भएका छन् । ठूलो संख्यामा कम्पनीहरू सञ्चालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नै हुँदैन। त्यसैगरि सञ्चालनको क्रममा आवश्यक लेखा प्रणाली, ब्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा सञ्चालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नै छैन । यी सबै काम समयमा नहुँदा समस्याका साथै मानसिक तनाव ब्यहोर्दै समय र खर्च अत्याधिक लागिरहेको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको जनाएको छ ।

अब कम्पनी ब्यवस्थापन गर्न, लेखा प्रणाली र परिक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्स बाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौंतारिरहनु नपर्ने कम्पनीले दाबी गरेको छ । साथै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन सकिन्छ । त्यसै गरि बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न गराउन बिभिन्न ठाउँमा जानु पर्दैन ।  

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीलार्इ चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउनेछ। यो सेवाबाट विशेष गरि सानार मझौला कम्पनीरू लाभान्वित हुनेछन् । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.