मंगलवार, श्रावण १९,२०८३ 12:53:13
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:53:14
Bizshala
Global IME Bank Limited

बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले

बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले
New Office

काठमाण्डौ । विगत केहि समयदेखि हिंसात्मक आन्दोलनमा रहेको बंगलादेशको आम जन जीवन सामान्य बन्दै गएको छ । गत आइतबार सर्वोच्च अदालतले ९३ प्रतिशत रोजगारी उम्मेद्वारको मेरिटको आधारमा तय गर्नुपर्ने फैसला गरेसँगै बंगलादेशको जन जीवन सामान्यतर्फ फर्किएको हो ।  

अहिले बंगलादेशका सरकारी तथा नीजि कार्यालयहरु  खुल्न थालेका छन् । पश्चिमा मुलुकहरुमा टेक्स्टाइल निर्यात गर्ने बंगादेशका मुलधारका गार्मेन्ट तथा टेक्स्टाइल कम्पनीहरु पनि खुल्न थालेका छन् । बंगलादेशको गार्मेन्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष एसएम मान्ननले आज सबै उद्योगहरु खुलेको बताएका छन् ।  

यस्तै आज बंगलादेशको सेयर बजार समेत  खुलेको छ । सेयर बजारसँगै बैंक तथा अन्य वित्तीय संस्थाहरु समेत खुलेका छन् । अवस्था सामान्य बन्दै गर्एपछि ढाकाका सडकमा मानिसहरुको भिडभाड बढ्न थालेको छ । गत शुक्रबारदेखि बन्द भएका स्थानिय अनलाइन न्यूज वेबसाइटहरुले समेत समाचार सम्प्रेषण गर्न थालेका छन् ।  

बंगलादेशका विद्याथीरुहले सरकारी रोजगारीमा कोटा प्रणालीको विरोध गर्दै गरेको. आन्दोलनले हिंसात्मक रुपमा लिएको थियो । जसमा १५० जनाले ज्यान गुमाएका छन् । आन्दोलनका कारण ४ दिनसम्म राष्ट्रव्यापी कर्फ्यु लागू गरिएको थियो ।      

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.