बुधबार, भाद्र २५,२०८२ 08:12:46
  • बुधबार, भाद्र २५,२०८२ 08:12:46
Global IME Bank Limited

बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले

Hyundai Nepal
बंगलादशेको जनजीवन सामान्य बन्दै, सेयर बजार लगायत उद्योग कलकारखाना खुल्न थाले

काठमाण्डौ । विगत केहि समयदेखि हिंसात्मक आन्दोलनमा रहेको बंगलादेशको आम जन जीवन सामान्य बन्दै गएको छ । गत आइतबार सर्वोच्च अदालतले ९३ प्रतिशत रोजगारी उम्मेद्वारको मेरिटको आधारमा तय गर्नुपर्ने फैसला गरेसँगै बंगलादेशको जन जीवन सामान्यतर्फ फर्किएको हो ।  

अहिले बंगलादेशका सरकारी तथा नीजि कार्यालयहरु  खुल्न थालेका छन् । पश्चिमा मुलुकहरुमा टेक्स्टाइल निर्यात गर्ने बंगादेशका मुलधारका गार्मेन्ट तथा टेक्स्टाइल कम्पनीहरु पनि खुल्न थालेका छन् । बंगलादेशको गार्मेन्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष एसएम मान्ननले आज सबै उद्योगहरु खुलेको बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज बंगलादेशको सेयर बजार समेत  खुलेको छ । सेयर बजारसँगै बैंक तथा अन्य वित्तीय संस्थाहरु समेत खुलेका छन् । अवस्था सामान्य बन्दै गर्एपछि ढाकाका सडकमा मानिसहरुको भिडभाड बढ्न थालेको छ । गत शुक्रबारदेखि बन्द भएका स्थानिय अनलाइन न्यूज वेबसाइटहरुले समेत समाचार सम्प्रेषण गर्न थालेका छन् ।  

बंगलादेशका विद्याथीरुहले सरकारी रोजगारीमा कोटा प्रणालीको विरोध गर्दै गरेको. आन्दोलनले हिंसात्मक रुपमा लिएको थियो । जसमा १५० जनाले ज्यान गुमाएका छन् । आन्दोलनका कारण ४ दिनसम्म राष्ट्रव्यापी कर्फ्यु लागू गरिएको थियो ।      

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.