सोमबार, असार २,२०८२ 11:13:00
  • सोमबार, असार २,२०८२ 11:13:00
Global IME Bank Limited

सपोर्ट लघुवित्तको नाफामा ७५% को बढोत्तरी, ईपीएस २२.१६ रुपैयाँ पुग्यो

Hyundai Nepal
सपोर्ट लघुवित्तको नाफामा ७५% को बढोत्तरी, ईपीएस २२.१६ रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ७५.०२ प्रतिशतको बढोत्तरी आएको छ । संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड ३९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४० लाख रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड २३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्था खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब कर्जा अनुपात १.८३ प्रतिशतबाट घटेर १.६३ प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि ९ लाख ७३ हजार रुपैयाँ छुट्टाएको छ ।  

संस्थाले समीक्षा अवधिसम्म ३४ करोड ९१ लाख निक्षेप संकलन र १ अर्ब ६६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२९.०९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८३.९५ गुणा र तरलता अनुपात १५.९८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.