काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो । पछिल्लो समय डलरको भाउ निरन्तर वृद्धि भईरहेको छ ।
अघिल्लो दिन पनि एक अमेरिकी डलरको बिक्रीदर १३४.२१ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४४.८९ रुपैयाँ र बिक्रीदर १४५.५४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.५२ रुपैयाँ र बिक्रीदर १७३.३० रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२३ रुपैयाँ र बिक्रीदर ८८.६३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६१ रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६५ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.११ रुपैयाँ र बिक्रीदर ४३९.०७ रुपैयाँ कायम भएको छ ।