काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ११ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउमा गिरावट आएको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.६२ रुपैयाँ र बिक्रीदर १३४.२२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.३६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ । हिजोको बिक्रीदर हालसम्मकै उच्च हो ।
आज एक यूरोको खरिददर १४४.९९ रुपैयाँ र बिक्रीदर १४५.६४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७२.०४ रुपैयाँ र बिक्रीदर १७२.८१ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.१५ रुपैयाँ र बिक्रीदर ८७.५४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७७ रुपैयाँ र बिक्रीदर ८.८१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५१ रुपैयाँ र बिक्रीदर १८.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.६६ रुपैयाँ र बिक्रीदर २८.७८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.१५ रुपैयाँ र बिक्रीदर ४३९.१२ रुपैयाँ कायम भएको छ ।