काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोज भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५६१.३० रुपैयाँ कायम भएको छ ।
कम्पनीले गत आर्थिक वर्षका लागि १०.२६१२ प्रतिशत बोनस सेयर र र ०.५४०१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ ।