काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.५० अन्ुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य २१६.६७ रुपैयाँ कायम भएको छ ।
आज कम्पनीकोे सेयरमूल्य प्रतिकित्ता २७५ रुपैयाँमा बन्द भएको थियो । भोलि यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि एक दिनका लागि बुक क्लोज गर्दैछ ।