काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा १६ करोड ६७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २०.३७ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा २० करोड ९३ लाख रुपैयाँ थियो । कम्पनीले विद्यत बिक्रीमाफर्त ५९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको ५९ करोड १६ लाखको तुलनामा ०.०६७ प्रतिशतले बढी हो । कम्पनीको परियोजना सञ्चालन खर्च २६ करोड ४१ लाख रुपैयाँ र प्रशासनिक खर्च ३ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वित्त खर्च ४५ करोड ७९ लाख रुपैयाँ रहेकोमा वित्त आम्दानी ३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ५९ लाख र कुल चालु दायित्व ३० करोड ७९ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.११ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६६.०२ रुपैयाँ कायम भएको छ ।