काठमाण्डौ । रुरु जलबिद्युत कम्पनी परियोजना लिमिटेडको नाफा १.११ प्रतिशतले घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ५ करोड ८९ लाख बढी खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५ करोड ९६ लाख रुपैयाँ थियो ।
समीक्षा अवधिसम्म कम्पनीको आम्दानीमा ०.१८ प्रतिशतको गिरावट आएको छ । यससँगै कम्पनीको आम्दानी ९ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको प्रशासनिक खर्च ३७ लाख १० हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिर्जभको आकार ४६.४९ प्रतिशतले बढ्दै २२ करोड ३ लाख पुगेको छ । कम्पनीले विद्युत प्राधिकरणसँग भएको सम्झौता अनुरुप २०७८ चैत मसान्तसम्म प्राप्त गर्नुपर्ने सूचीकृतदर अन्तर्गतको अतिरिक्त २० प्रतिशत हुन आउने ७ करोड ५९ लाख रुपैयाँ प्राधिकरणसँ लिन बाँकी रहेको जनाएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२३.९० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४४.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७१.६७ रुपैयाँ,मूल्य आम्दानी अनुपात २०.७८ गुणा र तरलता अनुपात ३.३९ प्रतिशत कायम भएको छ ।