सोमबार, असार २,२०८२ 02:16:42
  • सोमबार, असार २,२०८२ 02:16:42
Global IME Bank Limited

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित

Hyundai Nepal
नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३ सय जना उपस्थित
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गाला कन्सर्ट सम्पन्न गरेको छ । 

कम्पनीले जेठ  महिनामा जारी गरेको मासिक योजनाअनूरुप उत्कृष्ठ कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्माको बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।  

उक्त गाला कन्सर्टमा कम्पनीका उप–कार्यकारी अधिकृतले नेशनल लाईफले सदा झै अभिकर्ताहरुको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै  योजना सफल भएको बताउँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.