बुधबार, भाद्र ३,२०८३ 12:00:00
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 12:00:00
Bizshala
Global IME Bank Limited

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६% ले घट्यो, खराब कर्जा अनुपातमा उल्लेख्य वृद्धि

आत्मनिर्भर लघुवित्तको नाफा ७१.२६% ले घट्यो, खराब कर्जा अनुपातमा उल्लेख्य वृद्धि
New Office

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ७१.२६ प्रतिशतले घटेको छ ।  

संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १२ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ११ करोड ९५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Bizshala
CG Motors

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा भने ८ करोड ६१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।  संस्थाले सम्भावित घाटाका लागि १७ करोड ६४ लाख रुपैयाँ छुट्टाएको छ । जसका कारण संस्थाको सञ्चालन मुनाफा ऋणात्मक बन्न पुगेको हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले सम्भावित घाटाका लागि ५ करोड ५४ लाख रुपैयाँको व्यवस्था  गरेको थियो ।   यस्तै संस्थाको अन्य सञ्चालन आम्दानी १ करोड ८४ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको कर्मचारी खर्च १७.६५ प्रतिशतले बढेर ४ करोड ७ लाख र अन्य सञ्चालन खर्च भने १६.५६ प्रतिशतले घटेर १ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार ६.५० प्रतिशतले घटेर १९ करोड ८७ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ८६ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ७.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १३.२२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.