काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६७ रुपैयाँ र बिक्रीदर १३४.२७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यहि दर कायम थियो ।
आज एक यूरोको खरिददर १४४.७५ रुपैयाँ र बिक्रीदर १४५.४० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७९ रुपैयाँ र बिक्रीदर १७२.५६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.४१ रुपैयाँ र बिक्रीदर ८७.८० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६४ रुपैयाँ र बिक्रीदर ८.६७ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४४ रुपैयाँ र बिक्रीदर १८.५२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.९२ रुपैयाँ र बिक्रीदर २९.०५ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६६ रुपैयाँ र बिक्रीदर ३६.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.१४ रुपैयाँ र बिक्रीदर ४३९.११ रुपैयाँ कायम भएको छ ।