काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडका दुईजना सञ्चालकको कार्यकाल समाप्त भएको छ । कम्पनीका सञ्चालक आनन्द कृष्ण ताम्राकार र रोजिना श्रेष्ठको कार्याकाल समाप्त भएको हो ।
दुवै जनाको कार्यकाल साउन १५ गतेदेखि समाप्त भएको कम्पनीले जनाएको छ ।
कम्पनीको सञ्चालक समितिमा ताम्राकार स्वतन्त्र सञ्चालक हुन भने श्रेष्ठले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् ।