काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ र बिक्रीदर १३४.२६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८९ रुपैयाँ र बिक्रीदर ८.९३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.५१ रुपैयाँ र बिक्रीदर १८.५९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २९.०९ रुपैयाँ र बिक्रीदर २९.२२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.४३ रुपैयाँ र बिक्रीदर ४३९.३९ रुपैयाँ कायम भएको छ ।