काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम माघ १९ गतेदेखि २१ गतेसम्म नारायणगढ, चितवनमा ‘सम्पन्न गरेको हो।
उक्त कार्यक्रम कम्पनीका शाखा र उपशाखाप्रमुखहरु, क्षेत्रीय र उप–क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा सम्पन्न गरेको हो ।
‘कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमताअभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने दुई वटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्नेछ।’
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासाहरुलाई प्रष्ट पारेका थिए ।
यस्तै कम्पनीका नायव महा प्रबन्धक सोन बहादुर मगरले जीवन बीमा व्यवसाय र व्यवसाय वृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारेका थिए ।