बिहीबार, आश्विन २२,२०८३ 11:40:48
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 11:40:48
Bizshala
Global IME Bank Limited

एनभिडियाको सेयरमूल्य झण्डै १३% ले वृद्धि, बन्यो एकैदिन सर्वाधिक बजार पूँजीकरण बढ्ने कम्पनी

Bizshala
एनभिडियाको सेयरमूल्य झण्डै १३% ले वृद्धि, बन्यो एकैदिन सर्वाधिक बजार पूँजीकरण बढ्ने कम्पनी
New Office

काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एनभिडियाको सेयरमूल्य झण्डै १३ प्रतिशतले बढेको छ । यसका साथै एकैदिन कम्पनीको बजार पूँजीकरण ३३०  बिलियन डलरले वृद्धि भएको छ । वालस्ट्रिटको कुनैपनि कम्पनीको सेयरमूल्यमा एक दिनमा भएको यो अहिलेसम्मकै उच्च वृद्धि हो ।  

बुधबार एनभिडियाको सेयरमूल्य १२.८१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ११७.०२ डलर कायम भएको छ । यो वृद्धिसँगै कम्पनीको बजार पूँजीकरण २.८८ ट्रिलियन डलर पुगेको छ । बजार पूँजीकरणका हिसाबले एनभिडिया अमेरिकाको तेस्रो ठूलो कम्पनी हो । सूचीको पहिलो र दोस्रो स्थानमा क्रमशःएप्पल र माइक्रोसफ्ट रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनभिडियाको बजार पूँजीकरण गत जुन १८ मा ३.३४ ट्रिलियन डलर पुगेको थियो ।  

माइक्रोसफ्टले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा एआई विकासका लागि व्यापक खर्च वृद्धि भएको देखिएपछि एनभिडियाले बनाउने प्रोसेसरको मागमा वृद्धि आउने अपेक्षाका कारण कम्पनीको सेयरमूल्यमा उछाल आएको हो ।  

यस्तै मोगर्न स्टान्लेले पनि कम्पनीको सेयरलाई ‘टप पिक’ सेयरका रुपमा राखेसँगै सेयरमूल्यमा उछाल आएको जनाइएको छ ।  

सन् २०२४ मा एनभिडियाको सेयरमूल्य १४० प्रतिशतभन्दा धेरैले बढेको छ । कम्पनीले अगस्ट महिनामा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दैछ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.