सोमबार, असार २,२०८२ 02:35:59
  • सोमबार, असार २,२०८२ 02:35:59
Global IME Bank Limited

एनभिडियाको सेयरमूल्य झण्डै १३% ले वृद्धि, बन्यो एकैदिन सर्वाधिक बजार पूँजीकरण बढ्ने कम्पनी

Hyundai Nepal
एनभिडियाको सेयरमूल्य झण्डै १३% ले वृद्धि, बन्यो एकैदिन सर्वाधिक बजार पूँजीकरण बढ्ने कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय प्राविधिक कम्पनी एनभिडियाको सेयरमूल्य झण्डै १३ प्रतिशतले बढेको छ । यसका साथै एकैदिन कम्पनीको बजार पूँजीकरण ३३०  बिलियन डलरले वृद्धि भएको छ । वालस्ट्रिटको कुनैपनि कम्पनीको सेयरमूल्यमा एक दिनमा भएको यो अहिलेसम्मकै उच्च वृद्धि हो ।  

बुधबार एनभिडियाको सेयरमूल्य १२.८१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ११७.०२ डलर कायम भएको छ । यो वृद्धिसँगै कम्पनीको बजार पूँजीकरण २.८८ ट्रिलियन डलर पुगेको छ । बजार पूँजीकरणका हिसाबले एनभिडिया अमेरिकाको तेस्रो ठूलो कम्पनी हो । सूचीको पहिलो र दोस्रो स्थानमा क्रमशःएप्पल र माइक्रोसफ्ट रहेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एनभिडियाको बजार पूँजीकरण गत जुन १८ मा ३.३४ ट्रिलियन डलर पुगेको थियो ।  

माइक्रोसफ्टले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा एआई विकासका लागि व्यापक खर्च वृद्धि भएको देखिएपछि एनभिडियाले बनाउने प्रोसेसरको मागमा वृद्धि आउने अपेक्षाका कारण कम्पनीको सेयरमूल्यमा उछाल आएको हो ।  

यस्तै मोगर्न स्टान्लेले पनि कम्पनीको सेयरलाई ‘टप पिक’ सेयरका रुपमा राखेसँगै सेयरमूल्यमा उछाल आएको जनाइएको छ ।  

सन् २०२४ मा एनभिडियाको सेयरमूल्य १४० प्रतिशतभन्दा धेरैले बढेको छ । कम्पनीले अगस्ट महिनामा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दैछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.