सोमबार, बैशाख ८,२०८२ 09:49:02
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 09:49:02
IME remit
Global IME Bank Limited

जापानले १७ वर्षपछि दोस्रो पटक बढायो ब्याजदर,आखिर किन ?

Hyundai Nepal
जापानले १७ वर्षपछि दोस्रो पटक बढायो ब्याजदर,आखिर किन ?
Nabil Bank Limited

काठमाण्डौ। जापानको केन्द्रीय बैंकले १७ वर्षमा दोस्रो पटक ब्याजदर बढाएको छ। १७ वर्षमा दोस्रो पटक बिहीबार ब्याजदर बढाइएको हो। मौद्रिक नीतिलाई सामान्य बनाउने कोसिसबिच बैंक अफ जापान (बीओजे) ले मुख्य ब्याजदर शून्य प्रतिशतदेखि ०.१ प्रतिशतबिचबाट बढाएर ०.२५ प्रतिशतमा पुर्‍याएको हो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

जापान विश्वको चौथो ठूलो अर्थतन्त्र हो। हालै जर्मनीले यसलाई उछिन्दै तेस्रो स्थान हासिल गरेको छ। अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो स्थानमा छ।

बढ्दो ब्याजदरसँगै जापानको केन्द्रीय बैंकले पनि ठूलो ऋण खरिद योजना अनावरण गरेको छ। जापानको अर्थतन्त्र कुनै समय रकेटको गतिमा दौडिरहेको थियो। 

तर यसले अमेरिकालाई उछिनेको विश्वास थियो।  त्यसपछि देशको अर्थतन्त्रमा यस्तो मन्दी आयो कि त्यसबाट बाहिर आउन दशकौं लाग्यो।

 जापानले अर्थतन्त्रलाई बढावा दिन करिब एक दशकदेखि प्रोत्साहन कार्यक्रम चलाउँदै आएको थियो। जापानको अर्थतन्त्र जनवरी-मार्च क्वाटरमा २.९% संकुचित भएको छ। जबकि उपभोक्ता मूल्यहरू जुनमा २.६% बढेको छ।

नकारात्मक ब्याजदर

उपभोक्ता खर्चमा कमी आए पनि केन्द्रीय बैंकले ब्याजदर बढाएर निर्णायक संकेत दिएको त्यहाँका विज्ञहरू बताउँछन्। बैंक अफ जापानले अर्को वर्षको सुरुमा फेरि ब्याजदर बढाउन सक्ने विश्वास गरिएको छ। 

२०१६ मा, जापानले अर्थतन्त्रलाई पुनरुत्थान गर्न आफ्नो मुख्य ब्याज दर शून्यभन्दा तल घटाएको थियो। यस वर्षको मार्चमा, यसले २००७ पछि पहिलो पटक ब्याज दर बढाएको छ। ऋणात्मक ब्याजदर हुँदा जनताले बैंकमा पैसा जम्मा गर्न तिर्नुपर्ने हुन्छ। जसमा संसारका धेरै देशहरूले मानिसहरूलाई पैसा खर्च गर्न प्रोत्साहित गर्न यस्ता उपायहरू अपनाउँने गरेका छन्। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.