सोमबार, असार २,२०८२ 11:03:23
  • सोमबार, असार २,२०८२ 11:03:23
Global IME Bank Limited

जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट

Hyundai Nepal
जापानको सेयर बजारमा पहिरो जारी, आज अधिकांश एशियाली बजारमा गिरावट
Nabil Bank Limited

काठमाण्डौ । जापानको सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । अघिल्लो दिन घटेको जापानको सेयर बजारमा आज पनि व्यापक गिरावट आएको छ ।  

निक्की२२५ आज ५ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३६ हजार ३०० अंकमा सीमित बनेको छ । यो गिरावट गत फेब्रुअरी पछिकै उच्च हो । बिहिबार पनि निक्की२२५ २.६२ प्रतिशतले घटेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज टोपिक्स इन्डेक्स पनि ४.४७ प्रतिशतले घटेको छ । जापानको सेयर बजारमा कारोबार भएकामध्ये आज सफ्ट बैंकको सेयरमूल्यमा ५ प्रतिशत,मितुसी र मारुबेनीको ६ प्रतिशत र टोक्यो इलेक्ट्रोनको सेयरमूल्य ९ प्रतिशतले घटेको छ ।  

जापान सरकारको १० वर्षे बोन्डको प्रतिफल १ प्रतिशतभन्दा तल झरेको छ । जुन जुन २० पछिकै न्यून हो । हालै मात्रै मौद्रिक नीति सार्वजनिक गर्दै जापानको केन्द्रीय बैंक ‘बैंक अफ जापान’ले ब्याजदर बढाएको थियो । जसको प्रभाव स्वरुप जापानको सेयर बजारमा गिरावट आईरहेको छ । जापानको केन्द्रीय बैंकले ब्याजदर ०.२५ प्रतिशतले वृद्धि गरेको छ । जुन सन् २००८ पछिकै उच्च हो । 

यस्तै आज दक्षिण कोरियाको कोप्सी पनि ३.१९ प्रतिशतले घटेको छ । सानो पूँजीकरण भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक इन्डेक्स पनि ३.४६ प्रतिशतले घटेको छ ।  

अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० पनि अल टाइम हाईको विन्दुबाट २.१४ प्रतिशतले झरेको छ । उता हङकङको हाङ सेङ इन्डेक्स पनि २ प्रतिशतले घटेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.