आईतवार, फाल्गुन ११,२०८१ 11:07:25
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:07:25
IME remit
Global IME Bank Limited

पूँजी बजारको सफल कम्पनीको कथा, बेलुन व्यवसायदेखि सर्वाधिक सेयरमूल्य भएको कम्पनीसम्मको यात्रा

Hyundai Nepal
पूँजी बजारको सफल कम्पनीको कथा, बेलुन व्यवसायदेखि सर्वाधिक सेयरमूल्य भएको कम्पनीसम्मको यात्रा
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार कम्पनीहरुका लागि लगानी जुटाउने एउटा उत्तम विकल्प मध्ये एक हो । कम्पनीहरुले व्यवसाय वृद्धि तथा दायरा विस्तारका लागि पूँजी जुटाउन सेयर बजारमार्फत आम सर्वसाधारणबाट लगानी जुटाउने गर्छन् ।  

यसले कम्पनीका साथै लगानीकर्तालाई समेत लाभ प्राप्त हुन्छ । कम्पनीले व्यवसाय वृद्धिका लागि पूँजी प्राप्त गर्ने र लगानीकर्ताले प्रतिफल प्राप्त गर्ने भएकाले पूँजी बजार दुवै पक्षका लागि लाभदायी हुन्छ । घरेलु होस् वा विश्व सेयर बजारमा सफल कम्पनीहरुको कमी छैन । तर आज हामी छिमेकी देश भारतको सेयर बजारको एक सफल र सबैभन्दा बढी सेयरमूल्य भएको कम्पनीको बारेमा चर्चा गर्दैछौ ।  भारतको सेयर बजारमा सबैभन्दा धेरै प्रतिकित्ता मूल्य भएको कम्पनी हो, एमआरएफ । यो कम्पनीको प्रतिकित्ता सेयरमूल्य १.४० लाख भारु रहेको छ । यो टायर निर्माता कम्पनी हो । बेलुन बनाउने कामदेखि भारतको सबैभन्दा धेरै सेयरमूल्य भएको कम्पनीसम्मको यात्रा रोचकपूर्ण छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

कम्पनीको बजार पूँजीकरण ५९ हजार ६५० करोड भारुबराबर छ । पछिल्लो ५ वर्षको अवधिमा कम्पनीका लगानीकर्ताको लगानी दुई गुणा भन्दा बढीले बढेको छ । यो ५ वर्षको अवधिमा कम्पनीको सेयरमूल्य पनि ८६ हजार २३० भारुले बढेको छ । यही वर्षको जनवरीमा  कम्पनीको सेयरमूल्य पहिलोपटक १ लाख ५० हजार भारु पुगेको थियो ।  

बेलुन बनाउने कामबाट व्यवसायको सुरुवात  

भारतको टायर बजारमा अधिपत्य जमाउनुअघि यो कम्पनीका संस्थापक के.एम मामेन मपिल्लई बेलुन बनाउने गर्थे । उनले सन् १९४६ मा कारोबारको सुरुवात गरेका थिए । उनले मद्रासको तिरुवोट्टियुरमा बेलुन बनाउने एउटा सानो पसलबाट व्यवसायमा हात हालेका थिए । त्यसेबला उनी बालबालिकाको खेलौनाका साथै औद्योगिक पञ्जा र लेटेक्सबाट बन्ने वस्तुहरु बनाउने गर्थे । समयसँगै उनले आफ्ना व्यवसायको दायरा विस्तार गर्दै गए । यसबीचमा उनले सन् १९५२ मा मद्रास रबर फ्याक्ट्री(एमआरएफ)स्थापना गरे । रबर बनाउने व्यवसायमा हात हालेको ४ वर्षमा नै कम्पनीले तीव्र गति लियो । सन् १९५६ मा कम्पनी ५० प्रतिशत बजार हिस्साका साथ भारतको रबर उद्योगमा उदायो ।  

यसरी हात पार्यो सफलता

सन् १९६१ नोभेम्बरमा कम्पनीले एउटा निजी कम्पनीको रुपमा मान्यता पायो । त्यतिन्जेलसम्म भने कम्पनीले मेन्सफील्ड टायर एण्ड रबर कम्पनीको सहयोगले अटोमोबाइल, विमान र साइकलका लागि टायर तथा ट्युब बनाउदै आएको थियो । सन् १९६५ मा कम्पनीले आफ्नो पहिलो विदेशी भेन्चरका माध्यमबाट अमेरिकामा टायर निर्यात गर्न सुरु गर्यो । सन् ८० को दशकमा भारतको अटो सेक्टरमा ठूलो परिवर्तन आयो । भारतमा किफायती कारको चलन सुरु भयो । जसको उदाहरणको रुपमा मारुती८०० लाई लिन सकिन्छ । त्यहि समयमा भारतमा दुई पाङ्गे सवारी साधनको बिक्रीले पनि गति लिन थाल्यो । सन् १९८५ मा कम्पनीले दुई पाङ्गे सवारी साधनका लागि पनि टायर बनाउन सुरु गर्यो । सन् १९९३ सम्म आईपुग्दा कम्पनीको कारोबार भारतमा स्थापित भईसकेको थियो र कम्पनीले कार,बाइक,ट्रक र स्कुटर जस्ता सवारी साधनको टायर बनाउन थालेको थियो ।  

दुई दशकमा यस्तो रह्यो सेयरको अवस्था

अब कुरा गरौं कम्पनीको सेयरको बारेमा । सन् २००४ को अगस्ट ६ मा एमआरएफको सेयरमूल्य १ हजार ५४८ भारु थियो । सन् २०१० सम्म आईपुग्दा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार रुपैयाँसम्म पुगेको थियो । सन् २०१० मा भने कम्पनीको सेयरमूल्य १० हजार भारुभन्दा बढी पुग्यो ।  

यस्तै सन् २०१५ को अगस्ट ७ मा कम्पनीको सेयरमूल्यले ४४ हजार ९३३ भारुको उचाई हासिल गर्यो । यसअपछि त कम्पनीको सेयरमूल्यले निरन्तर नयाँ रेकर्ड राख्दै गयो ।  

यो वर्ष रच्यो इतिहास

वर्ष २०२४ कम्पनीको सेयरमूल्यका लागि निकै फलदायी रह्यो । यो वर्षको सुरुवातमा अर्थात जनवरी १७ मा कम्पनी भारतको सेयर बजारमा सबैभन्दा बढी सेयरमूल्य भएको कम्पनीको रुपमा उदायो । त्यसदिन कम्पनीको सेयरमूल्य इन्ट्रा डे कारोबारमा १० प्रतिशत अर्थात १३ हजार ५२०.७ भारुले बढेको थियो । यससँगै कम्पनीको सेयरमूल्य १ लाख ५० हजार भारु पुगेको थियो । एमआरएफ टायरको हालसम्मको उच्च मूल्य प्रतिकित्ता १ लाख ५१ हजार ४४५ रुपैयाँ रहेको छ । यस्तै यसको ५२ साताको न्यून मूल्य १ लाख ४ हजार रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.