सोमबार, मंसिर ८,२०८२ 11:14:25
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 11:14:25
IME remit
Global IME Bank Limited

वितरणयोग्य मुनाफा ऋणात्मक रहेको नेपाल फाइनान्सको नाफा घट्यो, ईपीएस जम्मा २.४८ रुपैयाँ

Hyundai Nepal
वितरणयोग्य मुनाफा ऋणात्मक रहेको नेपाल फाइनान्सको नाफा घट्यो, ईपीएस जम्मा २.४८ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १०.०१ प्रतिशतले घटेको छ । कम्पनीले चौथौ त्रैमाससम्ममा १ करोड ८१ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ रहेको थियो ।    

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने १९.८६ प्रतिशतले वृद्धि भएर ११ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेर १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । 

यस्तै कम्पनीको सञ्चालन नाफा १०.०३ प्रतिशतले बढेर २ करोड ५८  लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । कम्पनीले चौथौ त्रैमाससम्म १ करोड २७ लाख रुपैयाँबराबरको कुल शुल्क तथा सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७७.९२ प्रतिशतले बढी हो ।  

CG Motors
New Office
Garima Development Bank

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि ६२ लाख ५८ हजार रुपैयाँ छुट्टाएको छ ।  कम्पनीको वितरणयोग्य मुनाफा भने २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । 

कम्पनीको रिटेन्ड अर्निङ २० करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेकोमा रिजर्भको आकार भने ०.९१ प्रतिशतले बढेर ४३ करोड १० लाख रुपैयाँबराबर रहेको छ । २ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब १ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात पनि घटेको छ । अघिल्लो आवमा १२.१६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ९.११ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.४८ रुपैयाँ, पीई अनुपात ३६०.१५ गुणा,प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५४४.९५ रुपैयाँ र तरलता अनुपात ४८.७० प्रतिशत कायम भएको छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.