बुधबार, माघ ९,२०८१ 05:38:05
IME remit
  • बुधबार, माघ ९,२०८१ 05:38:05
IME remit
Global IME Bank Limited

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि

Hyundai Nepal
नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१  को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत २ अर्ब ६९करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्ममा यो रकम २ अर्ब ३५ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड ४८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ३ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा बढेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनी २५ करोड ५१ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा १६.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ८२ लाख ४८ हजार    

रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको सञ्चालन खर्च बढेको छ।

कम्पनीको सञ्चालन खर्च ३८ करोड ४३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको अन्य सञ्चालन खर्च ३६ करोड २ लाख रुपैयाँ थियो।  

त्यस्तै अघिल्लो आर्थिक वर्ष ३७ करोड ५५ लाख रुपैयाँको रहेको कम्पनीको सञ्चित आमदानी बढेर ६० करोड १८ लाख रुपैयाँमा पुगेको छ।  

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १०.१८ रुपैयाँ, पीई अनुपात ५९.२२ गुणा, प्रतिसेयर नेटवर्थ १३२.२१ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६१०.१५ रुपैयाँ रहेको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.