सोमबार, असार २,२०८२ 03:56:16
  • सोमबार, असार २,२०८२ 03:56:16
Global IME Bank Limited

जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, एशियन लाइफको भने १४७६.२३% ले वृद्धि

Hyundai Nepal
जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, एशियन लाइफको भने १४७६.२३% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्न पुगेको छ । जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आइरहेको वैदेशिक रोजगार बीमा व्यवसाय २.८६ प्रतिशतले घट्न पुगेको छ ।  

गत आर्थिक वर्षमा कम्पनीहरुले यस्ता बीमालेख बिक्रीमार्फत ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन यो अघिल्लो आर्थिक वर्षको तुलनमा झिनो गिरावट हो । अघिल्लो आवमा वैदेशिक बीमालेखमार्फत जीवन बीमकहरुले ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

हाल १० वटा जीवन बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेका छन् । १० मध्ये तीनवटा कम्पनीको मात्रै यस्तो व्यवसाय बृद्धि भएको छ भने बाँकी सबै कम्पनीको वैदेशिक रोजगार बीमा व्यवसाय घट्न पुगेको छ ।  

गत आर्थिक वर्षको ११ महिनासम्मको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ७.९४ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आवको ११ महिनासम्ममा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जाने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ रहेको छ । जुन यो अघिल्लो आवको तुलनामा ७.९४ प्रतिशतले कम हो ।  

अघिल्लो आवको यसै अवधिसम्म वैदेशिक रोजगारमा जाने नेपालीको संख्या ४ लाख ५९ हजार ४१५ थियो । वैदेशिक रोजगारमा जानेहरुका लागि नेपाल सरकारले वैदेशिक रोजगार बीमा अनिवार्य गरेको छ । तर श्रम स्वीकृति लिएर विदेशीने नेपालीको संख्या नै अघिल्लो आवको तुलनामा घट्दा जीवन बीमा कम्पनीहरुको यस्तो व्यवसाय घट्न पुगेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आवमा वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत सबैभन्दा धेरै सन नेपाल लाइफ इन्स्योरेन्सले ८४ करोड ३० लाख रुपैयाँ बीमाशुल्क भित्र्याएको छ ।  

त्यस्तै, दोस्रोमा नेपाल लाइफले ६२ करोड ८ लाख रुपैयाँ, तेस्रोमा आइएमई लाइफले ३५ करोड ३५ लाख, चौथोमा एशियन लाइफले ३० करोड ३१ लाख र पाँचौमा नेशनल लाइफले २७ करोड १ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  

यसका साथै सुर्यज्योति लाइफले २५ करोड, सानिमा रिलायन्स लाइफले २० करोड ५६ लाख, रलायबल नेपाल लाइफले १७ करोड ८० लाख रुपैयाँ, सिटिजन लाइफले १० करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १८ लाख रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको छ ।  

तीन कम्पनीको वैदेशिक बीमा व्यवसाय उल्लेख्य वृद्धि  

गत आर्थिक वर्षमा ३ वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमा व्यवसाय उल्लेख्य बढाएका छन् । सर्वाधिक एशियन लाइफ इन्स्योरेन्सले यस्तो व्यवसाय अघिल्लो आवको तुलनामा १४७६.२३ प्रतिशतले बृद्धि गरेको छ ।  

अघिल्लो आवमा यस्तो बीमालेखमार्फत १ करोड ९२ लाख रुपैयाँ मात्रै संकलन गरेको यस कम्पनीले गत आवमा भने ३० करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ । कम्पनीले वैदेशिक रोजगार बीमा व्यवसाय बढाउनको लागि विभिन्न मेनपावरहरुसँग समन्वय समेत गरेको छ ।  

त्यस्तै, दोस्रोमा नेशनल लाइफले पनि यस्तो व्यवसाय ८३.३९ प्रतिशतले बढाएको छ । गत आवमा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत २७ करोड १ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड ७२ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको थियो ।  

यसका साथै नेपाल लाइफले पनि ३०.६८ प्रतिशतले वैदेशिक रोजगार बीमा व्यवसाय बढाएको छ । अघिल्लो आवमा यस्तो बीमालेखमार्फत ४७ करोड ५० लाख रुपैयाँ प्रिमियम उठाएको नेपाल लाइफले गत आवमा भने ६२ करोड ८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, यस्तो व्यवसाय सर्वाधिक घट्नेमा भने प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको यस्तो व्यवसाय ९२.०१ प्रतिशलते घटेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.