काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स प्रदान गरेको छ ।
सेबोनका कार्यवाहक अध्यक्षको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्टलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।
यससँगै लाइसेन्स प्राप्त मर्चेन्ट बैंकरको संख्या ३० पुगेको छ । कम्पनीले लाइसेन्स अनुमतिका लागि एक वर्ष अघि नै सेबोनमा आवेदन दिएको थियो । हिमालयन मर्चेन्टमा हिमालयन रि को लगानी रहेको छ ।
मर्चेन्ट बैंकरको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ ।