काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनी गत आवको चौथो त्रैमाससम्ममा १ करोड ७३ लाख २५ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा ६५.९१ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ८ करोड ८ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ५ करोड ८९ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको ३ करोड १० लाख रुपैयाँको तुलनामा ८९.५२ प्रतिशतले धेरै हो । कम्पनीको कर्मचारी खर्च ६७ लाख ५० हजार रुपैयाँ र साधारण तथा प्रशासनिक खर्च ६० लाख ५९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ७३ लाख र कुल चालु सम्पत्ति ५ करोड ९१ लाख रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ५८.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४१.६३ रुपैयाँ र तरलता अनुपात ६३.११ प्रतिशत कायम भएको छ ।