काठमाण्डौ । अमेरिकी सेयर बजारमा देखिएको सुधारका कारण आज अधिकांश एशियाली सेयर बजार बढेका छन् । आज जापानको निक्की२२५ सूचक १.६३ प्रतिशतले बढेको छ ।
यस्तै टोपिक्स १.४३ प्रतिशत,दक्षिण कोरियाको कोप्सी १.४३ प्रतिशत र कोस्डाक २.६७ प्रतिशतले बढेको छ । हङकङको हाङ सेङ इन्डेक्स आज १.७८ प्रतिशत,चीनको सीएसआई३०० ०.४६ प्रतिशत र अष्ट्रेलियाको एस एण्ड पी÷एएसएक्स२०० ०.७२ प्रतिशतले बढेको छ । अमेरिकी श्रमबजार कमजोर अवस्थामा रहेको प्रतिवेदन सार्वजनिक भएसँगै यो साताको सुरुवातमा विश्व सेयर बजारमा व्यापक गिरावट आएको थियो ।
जुलाई महिनामा चीनको उपभोक्ता मूल्य सूचक ०.५ प्रतिशतले बढेसँगै आज एशियाली बजारमा सुधार आएको छ । यस्तै अमेरिकी सेयर बजार एस एण्ड पी ५०० मा देखिएको २.३ प्रतिशत, डोउ जोन्समा १.७६ प्रतिशत र नास्डकमा देखिएको २.८७ प्रतिशतको सुधारले समेत एशियाली बजारलाई सर्पोट गरेको छ ।