आईतवार, असार २२,२०८२ 08:56:01
  • आईतवार, असार २२,२०८२ 08:56:01
Global IME Bank Limited

सीआईटीको नाफा १.१० अर्ब, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
सीआईटीको नाफा १.१० अर्ब, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमाससम्म १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९.९० प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कोषको खुद नाफा १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ थियो ।  

कोषले १ अर्ब ९२ करोड २४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ८२ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कोषले आर्जन गरेको कुल आम्दानीमा ४४ करोड २५ लाख ब्याज आम्दानी, १ अर्ब ४१ करोड सेवा शुल्क तथा कमिसन आम्दानी र ७ करोड ११ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी रहेको छ । कोषको कुल खर्च अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ५.०९ प्रतिशतले बढेको छ । कोषको कुल खर्च ४५ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

कोषले २ खर्ब ४३ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ३० अर्ब ,नेपाल सरकारको ऋणपत्रमा ५० करोड,समयकालिन कर्जामा २५ अर्ब ,संगठित संस्थाको सेयरमा ३० अर्ब ७१ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको बैंक मौजदात ११ अर्ब ५७ करोड र चालु सम्पत्ति ४५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । कोषको जगेडा कोषको आकार १८ अर्ब १५ करोड रुपैयाँबराबर रहेको छ ।  

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २३.०३ रुपैयाँबाट घटेर २०.७५ रुपैयाँमा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १७१.४५ रुपैयाँ र लगानी प्रतिफल ८.२० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.