काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचल फण्ड र सनराइज फोकस्ड इक्विटी फण्ड नामक बन्दमुखी योजनाहरुको लाभांश घोषणा गरिएको छ ।
योजना व्यवस्थापकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।
बैंकले सनराइज फर्स्ट म्युचल फण्डका इकाईधनीहरुलाई कर सहित १२.५% प्रतिफल र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरुलाई कर सहित ४.५% प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।