काठमाण्डौ । विश्वबजारमा आज हरियाली छाएको छ । आज विश्वका अधिकांश सेयर बजार बढेका छन् ।
आज युरोपियन सेयर बजारमध्ये जर्मनको ड्याक्स , लण्डनको फुट्सी १०० ,इटालिको फुट्सी मिब् , फ्रान्सको क्याकमा हरियाली छाएको थियो ।
त्यसै गरि अष्ट्रेलियको बजारमा पनि हरियाली छाएको छ । आज एसियाली बजारमा संघाइ स्टक एक्सचेञ्ज बाहेक , जापानको निक्की , दक्षिण कोरियाको कोस्पीमा बढोत्तरी आएको छ । यो समाचार तयारपार्दासम्म अमेरिकको डाउजोनमा करिब २ प्रतिशतको बढोत्तरी आएर कारोबार भईरहेको छ ।एसएण्डपी५०० साढे २ प्रतिशत , नास्डक करिब ३ प्रतिशतले बढेको छ ।
यो दिन विट्क्वइन पनि डेढ प्रतिशतले बढेर ६० हजार माथि कारोबार भएको छ । यसरी विश्वबजारमा बाउन्स ब्याक आउनुको कारण भने अमेरिका बेरोजगारीदर घट्नु र रोजगारको दर बढ्नु मुख्य कारण हो ।