सोमबार, असार २,२०८२ 09:06:32
  • सोमबार, असार २,२०८२ 09:06:32
Global IME Bank Limited

खानीखोला हाईड्रोपावर २.६३ करोड घाटामा, कस्तो छ अन्य वित्तीय अवस्था ?

Hyundai Nepal
खानीखोला हाईड्रोपावर २.६३ करोड घाटामा, कस्तो छ अन्य वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा १५.४७ प्रतिशतले बढि हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १३ करोड १७ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको १४ करोड ८ लाख रुपैयाँको तुलनामा ६.४७ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक खर्च २ करोड ४० लाखबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको बैंकको ब्याज खर्च ९ करोड २१ लाख रुपैयाँ रहेको छ ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ९ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले समीक्षा अवधिसम्म ७६ करोड ९९ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.६६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७९.८१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.२३ गुणा ऋणात्मक र तरलता अनुपात २.०९ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.