काठमाण्डौ । नेपाल एसबिआई बैंकको बनेपा शाखाले वित्तिय साक्षरता तथा सेयर सचेतना कार्यक्रम आयोजना गरेको छ ।
बैंकले आफ्नो सहायक कम्पनी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ सँगको सहकार्यमा बनेपामा रहेको काभ्रे बहुमुखि क्याम्पसका विधार्थीहरुलाई वित्तीय क्षेत्रको ज्ञान तथा सचेतना बढाउन उक्त कार्यक्रम आयोजना गरेको हो ।
विद्यार्थी वर्गहरुलाई लक्षित गरि वित्तिय क्षेत्रको ज्ञान बढाउन तथा सेयर सम्बन्धी जानकारी प्रदान गर्न उक्त कार्यक्रम आयोजना गरिएको नेपाल एसबिआई बैंक बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठले जानकारी दिए । सहभागिहरुले वित्तिय साक्षरता सम्बन्धी विषयमा राखेका जिज्ञासाको जवाफ शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका इन्भेष्टमेन्ट एवं मार्केटीङ प्रमुख सुशान्त खतिवडाले दिएका थिए ।
विधार्थीहरुले पछिल्लो समय वित्तिय क्षेत्रमा भएका समस्या, बैंकिङ तथा सेयर कारोबार गर्दा हुने फाईदा तथा नागरिकको जिवन निर्वाहमा बैंकले खेल्ने भुमिका बारेमा जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा क्याम्पस प्रमुख केजि. बैदार तथा अन्य प्रध्यापकहरुको समेत सहभागिता रहेको बैंकले जनाएको छ ।