सोमबार, असार २,२०८२ 10:47:22
  • सोमबार, असार २,२०८२ 10:47:22
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सको वित्तीय अवस्थाः नाफा ३०८% ले बढ्यो,लाभांश क्षमता २५.२५%, ईपीएस ३०.४५ रुपैयाँ

Hyundai Nepal
फरवार्ड माइक्रोफाइनान्सको वित्तीय अवस्थाः नाफा ३०८% ले बढ्यो,लाभांश क्षमता २५.२५%, ईपीएस ३०.४५ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा आकर्षक वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ३२ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ३०८.७१ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म संस्थाले ७ करोड ८६ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ८ प्रतिशतले बढेको छ । संस्थाले अघिल्लो आवससम्ममा १ अर्ब १२ करोड रुपैयाँबराबरको रहेको खुद ब्याज आम्दानी बढाएर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । यस्तै खुद शुल्क तथा कमिशन आम्दानी पनि १० करोड ५७ लाख रुपैयाँबाट वृद्धि भएर १९ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी भने १६ लाख ५२ हजारबाट घटेर १० लाख ३१ हजार रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले रिटेन्ड अर्निङको आकार ४८.७२ प्रतिशतले घटेर २६ करोड ६५ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाले रिजर्भको आकार भने १ अर्ब १५ करोड रुपैयाँबाट बढाएर १ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।  

चौथो त्रैमाससम्ममा ८ अर्ब ९६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १९ अर्ब ८९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा ५१ करोड ९७ लाख रुपैयाँबाट घटेर २६ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ । यस्तै लाभांश क्षमता पनि ४९.२४ प्रतिशतबाट घटेर २५.२५ प्रतिशतमा सीमित बनेको छ ।  

संस्थाको खराब कर्जा अनुपात ४.२६ प्रतिशतबाट बढेर ६.८१ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ७.४५ रुपैयाँबाट बढेर ३०.४५ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २८८.९६ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य २ हजार ७२.०७ रुपैयाँ र तरलता अनुपात ६.९८ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.