सोमबार, असार २,२०८२ 09:23:47
  • सोमबार, असार २,२०८२ 09:23:47
Global IME Bank Limited

रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
रुरु जलविद्युतको नाफामा सामान्य वृद्धि, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा र आम्दानी दुवै बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले धेरै हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि देखिएको छ । चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.९२ प्रतिशतले बढी हो । कम्पनीले ७ लाख ६९ हजार रुपैयाँबराबरको वित्त आम्दानी आर्जन गरेको छ । स्टाफ बोनसका लागि १५ लाख रुपैयाँ खर्च गरेको कम्पनीको प्रशासनिक खर्च ८२ लाख ६५ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ४९ करोड ३३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको रिजर्भको आकार १४.५५ प्रतिशतले बढेर १८ करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति १३ करोड २५ लाख र कुल चालु दायित्व ५ करोड ४० लाख रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १४.९३ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १३६.९८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५९.८१ रुपैयाँ मूल्य आम्दानी अनुपात ४७.७४ गुणा र तरलता अनुपात २.४५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.