काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०४ रुपैयाँ र बिक्रीदर १३४.६४ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४६.३२ रुपैयाँ र बिक्रीदर १४६.९८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.०८ रुपैयाँ र बिक्रीदर १७१.८४ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.१० रुपैयाँ र बिक्रीदर ८८.४९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७० रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.३१ रुपैयाँ र बिक्रीदर ३०.४४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७६ रुपैयाँ र बिक्रीदर ३६.९२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८२ रुपैयाँ र बिक्रीदर ९.८६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.८८ रुपैयाँ र बिक्रीदर ४३९.८४ रुपैयाँ कायम भएको छ ।