सोमबार, असार २,२०८२ 09:24:39
  • सोमबार, असार २,२०८२ 09:24:39
Global IME Bank Limited

साहज उर्जाको नाफा र आम्दानीमा आकर्षक वृद्धि, सञ्चित मुनाफा २.५६ अर्ब

Hyundai Nepal
साहज उर्जाको नाफा र आम्दानीमा आकर्षक वृद्धि, सञ्चित मुनाफा २.५६ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । साहस उर्जा लिमिटेडको आम्दानी बढ्दा नाफामा राम्रो सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २८८.१४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३००.७५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ६१ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको कुल आम्दानी १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रशासनिक खर्च १० करोड ७१ लाख रुपैयाँ र कुल वित्त खर्च १ अर्ब १६ करोड रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब २ करोड र कुल चालु दायित्व १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । ३ अर्ब ५० करोडि रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भ र सञ्चित मुनाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८८.११ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४३.६६ गुणा र तरलता अनुपात ०.७३ प्रतिशत कायम छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.