काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर स्वामित्व संरचना परिवर्तन भएको छ । कम्पनीको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयरको सेयर स्वामित्व संरचना परिवर्तन भएको हो ।
यसपश्चात कम्पनीमा संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको । हाल भने संस्थामा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ ।
सेयर संरचना परिवर्तन पछि संस्थापक समूहको सेयर स्वामित्व २ करोड १३ लाख ३८ हजार ४०० कित्ता र सर्वसाधारण समूहको २ करोड ५ लाख १ हजार ६०० कित्ता कायम भएको छ । कम्पनीले हाल कायम परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न नेप्सेसमक्ष अनुरोध गरेको थियो ।
जसअन्तर्गत नेप्सेले कम्पनीको संस्थापक समूह सेयर धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को दफा ३८ को लकइन सम्बन्धी व्यवस्था पूर्ण पालना हुने शर्तसहित नेप्सेमा सूचीकृत कम्पनीको कुल कित्ता सेयरको सेयर स्वामित्व संरचना परिवर्तन गरी अभिलेख गरेको हो । नेप्सेले साउन २४ गतेको निर्णयानुसार उक्त सेयरको अभिलेख गरिएको जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                