बुधबार, चैत्र २०,२०८१ 12:27:27
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:27:27
IME remit
Global IME Bank Limited

नेपाल टेलिकमको सेयर बुलिस सेन्टिमेन्टमा चल्दै, कतिसम्म पुग्ला सेयर भाउ ?

Hyundai Nepal
नेपाल टेलिकमको सेयर बुलिस सेन्टिमेन्टमा चल्दै, कतिसम्म पुग्ला सेयर भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल टेलिकम औपचारिक रुपमा २०३२ सालमा नेपाल टेली कर्पोरेसनको नामले स्थापित कम्पनी हो । यो कम्पनी पछि २०६१ वैशाख १ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)का रुपमा कम्पनी ऐन, २०५३ अनुसार परिणत भएको हो । नेपालको एकमात्रै सरकारी स्वामित्वमा रहेको यो कम्पनी सर्वसाधारणलाई  दूरसञ्चार र पछिल्लोपटक इन्टरनेट सुविधा पनि दिँदै आएको छ।  

यो कम्पनीमा ९१.५२ प्रतिशत संस्थापक र ८.४८ प्रतिशत सर्वसाधरणको सेयर स्वामित्व रहेको छ । यो कम्पनीमा अधिकांश संस्थापक सेयर सरकारी स्वामित्वमा रहेको छ ।

आधारभूत पक्ष  

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी १८ अर्ब रुपैयाँ र जगेडामा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ९२ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ४१.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.५ गुणा, नेटवर्थ ५१३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति ८७४ रुपैयाँ रहेको छ । कम्पनीको रिटर्न अन इक्विटी ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा कम्पनीको रिटर्न अन इक्विटी ४.६३  प्रतिशतले बढी  हो ।  

पछिल्लो १० वर्षमा कम्पनीको औसत वार्षिक लाभांशदर ४७ प्रतिशत रहेको छ । कम्पनीले धेरै जस्तो नगद लाभांस दिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको छ । फियर एण्ड ग्रिड मिटरमा २० भन्दा तल रहेमा स्ट्रङ वियरिस र ८० भन्दा माथि लागेमा स्ट्रङ बुलिस भन्ने बुझिन्छ । यस आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस रहेको मान्न सकिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ र न्यून मूल्य ८०७ रुपैयाँ रहेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल अपर ब्याण्डसँगै हिंडेको छ । यो भनेको कम्पनीको सेयर भाउ बुलिस ट्रेन्डमा चलेको छ भन्ने हो । म्याक्डीमा पनि बुलिस क्रसओभर बनेको  छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोनमा चलेको छ ।  

पिभट् प्वइ्न्ट  

पिभट् विश्लेषणमार्फ सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –१३०२

प्रतिरोध २ –११६०

प्रतिरोध १– १०८३

पिभट् प्वइन्टः ९४१

घटेमा सपोर्ट  

सपोर्ट १– ८६४

सपोर्ट २– ७०२

सपोर्ट  ३ –६४५

निष्कर्षः आधारभूत रुपमा नेपाल टेलिकम बलियो र मजबुत कम्पनीको रुपमा रहेको छ । कम्पनीको कुल पू्ँजी ९२ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको १० वर्षको औषत लाभांशदर ४६ प्रतिशत रहेको छ । प्राविधिक रुपमा कम्पनीको सेयर भाउलाई इलिअट वेभ मार्फत नियाल्दा हाल सानो समयावधिको तेस्रो वेभ चल्दै गरेको छ । जसले सेयरको भाउ १४ सय सम्म पुग्न सक्ने देखिन्छ । त्यस पछि केही करेक्सन आएर अहिलेको बुलमा पनि यस कम्पनीको सेयर भाउ १६ सय भन्दा माथि नै पुग्न सक्ने इलिअट वेभ मार्फत कम्पनीको सेयर मूल्यले तय गर्दै गरेको वेभको आधारमा अनुमान लगाउन सकिन्छ । स्मरण रहोस् अघिल्लो बुलमा यस कम्पनीको सेयर भाउ १८ सय सम्म पुगेको थियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.