सोमबार, असार २,२०८२ 10:43:02
  • सोमबार, असार २,२०८२ 10:43:02
Global IME Bank Limited

एचआईडीसीएलले कमायो १.४५ अर्ब खुद नाफा, रिजर्भको आकार ३६.५९% ले बढ्यो

Hyundai Nepal
एचआईडीसीएलले कमायो १.४५ अर्ब खुद नाफा, रिजर्भको आकार ३६.५९% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) ले गत आवको चौथौ त्रैमाससम्म सन्तोषजनक प्रगति गरेको छ । यो अवधिसम्म कम्पनीको नाफा र आम्दानी दुवे बढेको छ ।  

कम्पनीले चौथौ त्रैमाससम्म १ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथौ त्रैमाससम्म कम्पनीले १ अर्ब ३७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको ग्राहकसँगको सम्झौताबाट हुने आम्दानी पनि ३९४.४१ प्रतिशतले बढेर ४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको वित्त आम्दानी २ अर्ब ८ करोड,लाभांश आम्दानी १ करोड ७ लाख र अन्य आम्दानी १ करोड ९३ लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च ५ करोड ९१ लाख, वित्त खर्च ७२ लाख ७२ हजार,सञ्चालन तथा प्रशासनिक खर्च १ करोड ६१ लाख ह्रासकट्टी खर्च १ करोड १२ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति १५ अर्ब १ करोड र कुल चालु दायित्व ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ३६.५९ प्रतिशतले बढेर ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.९५ रुपैयाँ,पीई अनुपात २८.१८ गुणा र तरलता अनुपात ३३.५४ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.