काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ‘क्राउन अफ एक्सिलेन्स नेशनल लेभल कन्फ्रेन्स,२०८१’ सम्पन्न गरेको छ । कम्पनीले साउन २५ र २६ गते होटल पोखरा ग्राण्डमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा देशैभरिका अभिकर्ताहरु मध्येबाट विभिन्न विधामा उत्कृष्ठ व्यवसाय गर्न सफल भएका रिलायबल लिडर्सहरु, कम्पनीका अध्यक्ष लगायतका उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले उत्कृष्ठ लिडर्सहरुलाई बधाई ज्ञापन गर्नुक साथै कम्पनीको आगामी योजनाबारे जानकारी गराएका थिए ।
यसैगरी कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठले अभितर्काहरु भनेका बीमा क्षेत्रका मेरुदण्ड भएको भन्दै उत्कृष्ठ एजेन्सीहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा अझ सशक्त रुपले कम्पनीको व्यवसाय विस्तारमा लाग्नका लागि उत्प्रेरणा प्रदान गर्दै आउँदा दिनमा कम्पनीका कर्मचारीहरु तथा अभिकर्ताहरुको दक्षता अभिवृद्धिका लागि स्वदेश तथा विदेशमा समेत तालिमको व्यवस्था गर्ने बताए ।
उक्त कार्यक्रममा व्यक्तिगत,टीम,सर्वाधिक बीमालेख बिक्री,सर्वाधिक ठूलो टीम निर्माण लगायतका विविध विधाहरुमा उत्कष्ठ लिडर्सहरुलाई सम्मान प्रदान गरिएको थियो ।