सोमबार, असार २,२०८२ 10:24:45
  • सोमबार, असार २,२०८२ 10:24:45
Global IME Bank Limited

भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै घट्यो, ईपीएस ११.०२ रुपैयाँ

Hyundai Nepal
भगवति हाईड्रोपावरको नाफा र विद्युत बिक्री आम्दानी दुवै घट्यो, ईपीएस ११.०२ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.४६ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ६ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.३२ प्रतिशतले कम हो । कम्पनीले अन्य स्रोतबाट ७६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । यसरी कम्पनीको कुल आम्दानी १५ करोड ७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ कुल सञ्चालन खर्च र ३ करोड १९ लाख रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख रुपैयाँ छ भने रिजर्भको आकार ११ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीले सेयर प्रिमियम शिर्षकमा २ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ६७ लाख र कुल चालु दायित्व १ करोढ ५ लाख रुपैयाँ छ ।  

चौथो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ११.०२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२४.३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२८.१० रुपैयाँ, तरलता अनुपात १७.७३ प्रतिशत र मूल्य आम्दानी अनुपात ८९.५८ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.