बुधबार, भाद्र २५,२०८२ 10:28:19
  • बुधबार, भाद्र २५,२०८२ 10:28:19
Global IME Bank Limited

रिडी पावरको खस्कदो वित्तीय अवस्थाः घाटा २२.२८ करोड, आम्दानी पनि घट्यो

Hyundai Nepal
रिडी पावरको खस्कदो वित्तीय अवस्थाः घाटा २२.२८ करोड, आम्दानी पनि घट्यो

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथौ त्रैसमासम्मको अपरिष्कृत प्रतिवेदन अनुसार कम्पनी अधिकांश सूचकमा कमजोर देखिएको छ ।  

कम्पनीले गत आवको चौथो त्रैमाससम्म २२ करोड २८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल ३० करोड ८४ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १६.८९ प्रतिशतले कम हो ।  

कम्पनीको कुल सञ्चालन खर्च ८ करोड २० लाख रुपैयाँबाट बढेर २३ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार भने २५ करोड ५२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । सेयर प्रिमियमका लागि कम्पनीले ५ करोड ९२ लाख रुपैयाँ छुट्टाएको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ६७ करोड ३५ लाख रुपैयाँ र कुल चालु दायित्व ३६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९.५९ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९४.४४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७६.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १९.८१ गुणा ऋणात्मक कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.