बुधबार, भाद्र २५,२०८२ 10:42:55
  • बुधबार, भाद्र २५,२०८२ 10:42:55
Global IME Bank Limited

तारागाँउ रिजेन्सी होटल्सको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस २६.४१ रुपैयाँ पुग्यो

Hyundai Nepal
तारागाँउ रिजेन्सी होटल्सको आम्दानीसँगै नाफा पनि बढ्यो, ईपीएस २६.४१ रुपैयाँ पुग्यो

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले गत आवको चौथौ त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा राम्रो सुधार गरेको छ । वैशाखदेखि असार महिनासम्म पर्यटकीय गतिविधिमा देखिएको सुधारका कारण कम्पनीको वित्तीय अवस्थामा प्रगति देखिएको छ ।

कम्पनीले यो अवधिसम्म ५१ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २८.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४० करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको आम्दानीमा पनि राम्रो वृद्धि देखिएको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ७३ करोड रुपैयाँबराबर आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.५९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो ।  

त्यस्तै कम्पनीको सञ्चालन खर्च ७७ करोड ५९ लाख र प्रशासनिक खर्च २२ करोड ६३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६७ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ९१ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ५३ करोड र कुल चालु दायित्व १ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २६.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १४६.६२, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२०.९६, पीई अनुपात ३०.५५ गुणा र तरलता अनुपात २ प्रतिशत कायम भएको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.