सोमबार, असार २,२०८२ 09:39:17
  • सोमबार, असार २,२०८२ 09:39:17
Global IME Bank Limited

अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि

Hyundai Nepal
अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९३२.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १७९.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ४४ करोड ६६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म ८ लाख ३६ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च १ करोड ९५ लाख, बिक्री÷वितरण खर्च १९ करोड ४४ लाख , प्रशासनिक र अन्य सञ्चालन खर्च १ करोड २८ लाख र वित्त खर्च ४७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।    

५ अर्ब ७८ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ४० करोड ८० लाख र कुल चालु दायित्व ८१ करोड ४५ लाख रुपेयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । ईपीएस १.०७ रुपैयाँबाट बढेर ७.८९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.७३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.२१ गुणा र तरलता अनुपात ०.५० प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.