मंगलवार, आश्विन १३,२०८३ 07:13:33
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:13:33
Bizshala
Global IME Bank Limited

चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब नाघ्यो, खुद नाफा झण्डै १००% ले बढ्यो

Bizshala
चन्द्रागिरी हिल्सको आम्दानी १ अर्ब नाघ्यो, खुद नाफा झण्डै १००% ले बढ्यो
New Office

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडको आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ । कम्पनी गत आवको अन्त्यसम्म १ अर्ब १ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.४९ प्रतिशतले बढी हो ।  

यस्तै कम्पनीले अन्य स्रोतबाट १ करोड १ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा समेत बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९९.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्त्यसम्म कम्पनीले ११ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिसम्म कम्पनी खर्च नियन्त्रण गर्न भने असफल भएको छ । कम्पनीको कुल खर्च २९.३६ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ३० करोड ७७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ ।  

कम्पनीको रिजर्भको आकार ७ करोड ६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । १ अर्ब ९३ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको कम्पनीको कुल चालु सम्पत्ति २९ करोड ८५ लाख र कुल चालु दायित्व १६ करोड २ लाख रुपैयाँ रहेको छ ।  

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)मा उल्लेख्य सुधार आएको छ । कम्पनीको ईपीएस ७.३० रुपैयाँबाट बढेर १४.५६ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ९५.३९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २३७.२५ रुपैयाँ र पीई रेसियो ६२.३६ गुणा कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.